"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जना धरौटीमा रिहा

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ।

शोभा भनिने जानुका पाठकले ज्यान मार्ने उद्योगको आरोपमा दिएको जाहेरीका आधारमा उनीहरूविरुद्ध मुद्दा दर्ता भएको थियो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले बिहीबार अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अन्य आठ जनालाई भने जनही २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

२५ हजार रुपैयाँ धरौटीमा रिहा हुनेहरूमा गीता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन्।

२०८३ वैशाख २४ गते बिहीवार १९:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु