"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौँ। डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वादी नेपाल सरकार प्रतिवादी तिर्थराज भट्टराईसमेत भएको घुस लिइ भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरको मुद्दामा सरकारी साक्षीका रुपमा पेस गरिएका दिपक थापाले प्रतिकुल हुने गरी बकपत्र गरेको खुल्न आएको छ ।

आयोगका अनुसार थापाले भिजिट भिसामा मानिस विदेश पठाउँदा सेटिङ्ग गर्ने गरेको, सो सेटिङ्ग गर्दा एयरपोर्ट अध्यागमनमा यात्रु विदेश प्रस्थान हुनु केही अगाडि नाम टिपाउने, होटल बुकिङ्कको कागजात, डलर सटहीका कामहरु आफ्नै कम्पनीबाट गर्ने गरेको व्यहोरा खुल्न आएसँगै निजले बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा मानिस विदेश पठाउने गरेको पुष्टि भएको हो ।

थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम ३० लाख २० हजार रुपियाँ कायम गरी सजाय हुन मागदाबी लिइ मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

२०८३ जेठ ५ गते मंगलवार १८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु