"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रवि लामिछाने र भारतीय गृहमन्त्रीबीच शाहबीच भेटवार्ता हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गर्ने भएका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय गृहमन्त्री शाहसँग भेट गर्न लागेको उनको सचिवालय स्रोतले जनाएको छ।

भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबीचको संवाद र सहकार्यका विषयमा विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

स्रोतका अनुसार दुवै नेताबीच समसामयिक राजनीतिक, कूटनीतिक तथा द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने कार्यक्रम छ।

रास्वपाले लामिछानेको भ्रमणलाई नेपाल–भारत सम्बन्ध र राजनीतिक संवादलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

२०८३ जेठ १९ गते मंगलवार १७:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु