विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार म्याद थपका लागि पौडेललाई विशेष अदालतमा उपस्थित गराएको थियो। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
अदालतको आदेशपछि पौडेललाई न्यायिक हिरासतमा पठाइएको छ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
२०८३ असार १५ गते सोमवार १८:०९ बजे प्रकाशित























