"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठमाडौँमा उपलब्ध पूर्वपदाधिकारी तथा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले यसबारे जानकारी दिए।

विश्वकर्माका अनुसार बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनदेखि हालसम्म संस्थापन पक्षसँग भएका गतिविधिबारे जानकारी गराएका थिए।

उनले बैठकको छलफल मंगलबार पनि जारी रहने बताए। साथै, १५औँ महाधिवेशनको कार्यतालिका र नवस्थापित सम्पर्क कार्यालयबाट सञ्चालन गरिने गतिविधिबारे पनि मंगलबारको बैठकले निर्णय गर्ने जानकारी दिए।

२०८३ असार २२ गते सोमवार १७:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु