"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर तथा महत्त्वपूर्ण विषयमा सरकारको जवाफ आवश्यक रहेको उल्लेख गर्दै आवश्यक जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएको हो ।

उनले सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे पनि सदनलाई जानकारी गराउन सरकारलाई आग्रह गरे। सांसदहरूले विभिन्न समयमा सदनमार्फत उठाउँदै आएका समसामयिक विषयप्रति सरकारले जिम्मेवार रूपमा जवाफ दिनुपर्नेमा उनले जोड दिएको हो ।

उनले भने, “माननीय सदस्यहरूले उठाएका गम्भीर विषयहरूका सम्बन्धमा जवाफ दिन तथा देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा भएका कामकारबाहीबारे जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु ।”

मनसुनजन्य जोखिमको समय नजिकिँदै जाँदा हुनसक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा सभामुखले जोड दिएको छन् ।

२०८३ असार २२ गते सोमवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु