"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पत्रकार श्रेष्ठलाई हतकडीसहित जिल्ला अदालतमा उपस्थित गराइयो

काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि श्रेष्ठलाई जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।

जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयताको हननसम्बन्धी कसुरको आरोपमा पक्राउ गरेको जनाएको छ।

अनुसन्धानका लागि म्याद थप गर्ने प्रयोजनका लागि प्रहरीले श्रेष्ठलाई अदालतमा उपस्थित गराएको हो। अब अदालतको आदेशपछि उनीमाथिको अनुसन्धान प्रक्रिया अघि बढ्नेछ।

२०८३ साउन २८ गते बिहीवार १७:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु