"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्।

राणाले शुक्रबार निर्वाचन आयोगमा ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी पार्टी दर्ता गराएका हुन्।

नयाँ दलको चुनाव चिह्न त्रिभुज राखिएको छ। पार्टीको झण्डामा सेतो पृष्ठभूमिमा त्रिभुज चिह्न रहने व्यवस्था गरिएको जनाइएको छ।

राणाले दल दर्ता गर्दा मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं भने सहभागी छैनन्। यसअघि राणा र प्रसाईं मिलेर नयाँ राजनीतिक दल गठन गर्ने तयारीमा थिए।

तर, पार्टीभित्र शक्ति बाँडफाँटको विषयमा सहमति जुट्न नसकेपछि उनीहरू दल दर्ताको अन्तिम चरणमा अलग भएका हुन्।

प्रसाईंको सहभागिताबिनै राणाले नयाँ दल दर्ता गरेपछि अब ‘जय नेपाल पार्टी’ आफ्नै संगठन र राजनीतिक एजेन्डासहित अघि बढ्ने भएको छ।

२०८३ साउन २९ गते शुक्रवार १६:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु