"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रोल्पामा पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, बेपत्ता भएका आठ जनाको पहिचान खुल्यो

रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने बेपत्ता भएका आठ जनाको पहिचान खुलेको छ।

जिल्लाको थबाङ गाउँपालिका-५, कोटलबारामा पहिराले घर र गोठ पुर्दा स्थानीय १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमल बहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगरको मृत्यु भएको छ।

पहिरामा परी स्थानीय २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर घाइते भएको छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

यसैगरी, पहिरामा परी आठ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डल बहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बल बहादुर पुन मगर, ७२ वर्षीय लिल बहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर रहेको छन्।

घटनास्थलमा स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको टोलीले बेपत्ताहरूको तीव्र रूपमा खोजी कार्य जारी राखेको छ।

२०८३ साउन २८ गते बिहीवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु