"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

रसुवा बाढी : आठ जिल्लामा ४६९ जनाको शव फेला, चितवनमा सबैभन्दा धेरै

काठमाडौं । रसुवा बाढीमा परेकामध्ये ४६९ जनाको शव फेला परेको छ।

शुक्रबार बिहान ७ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा आठ जिल्लामा गरी ४६९ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा १७८ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, रसुवामा १२ र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्लागत रूपमा फेला परेका शवको विवरण:

रसुवा: १२
नुवाकोट: ३७
धादिङ: ३३
चितवन: १७८
गोरखा: ४४
तनहुँ: २८
नवलपरासी पूर्व: ११०
नवलपरासी पश्चिम: २७
प्रहरीका अनुसार शुक्रबार बिहान ७ बजेसम्म प्राप्त विवरणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

२०८३ भदौ १२ गते शुक्रवार ११:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु