"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चीनतर्फ ठूलो ताल फुट्यो, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमछेउमा बनेको ठूलो ताल फुटेको छ।

चिनियाँ पक्षबाट ताल फुटेको जानकारी प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिएका छन्।

उनका अनुसार चीनतर्फ ताल फुटेको सूचना प्राप्त भएपछि यसको सम्भावित प्रभावबारे स्थानीय तहमा सतर्कता अपनाइएको छ।

ताल फुटेपछि त्यसबाट आएको पानीले रसुवातर्फको नदी तथा खोलामा असर पार्न सक्ने भएकाले सम्बन्धित निकायले अवस्थाको निगरानी गरिरहेको जनाइएको छ।

२०८३ भदौ १२ गते शुक्रवार ११:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु