"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

भोटेकोशी बाढी नेपाल मात्र होइन, विश्वव्यापी संकटका रूपमा लिनुपर्छः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीलाई नेपाल मात्र नभई विश्वव्यापी संकटका रूपमा लिनुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको बताए। उनले विश्व समुदायले यस्ता घटनालाई गम्भीर रूपमा नलिए मानव समुदायमै ठूलो संकट आउन सक्ने चेतावनी दिए।

प्रचण्डले नेपालले कार्बन उत्सर्जनमा नगण्य योगदान गरे पनि ठूला राष्ट्रबाट हुने उत्सर्जनको असर हिमालय क्षेत्रमा परिरहेको बताए। जलवायु परिवर्तनको मुद्दालाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा उठाउनुपर्ने उनको भनाइ छ।

उनले विपत्तिको समयमा सरकारको उपस्थिति हरेक ठाउँमा देखिनुपर्ने र राष्ट्र एकजुट भएर संकटको सामना गर्नुपर्ने बताए। केन्द्रदेखि स्थानीय तहसम्म तथा सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म सहकार्यको नयाँ आधार बनाउनुपर्नेमा उनले जोड दिए।

बाढीपीडितको उद्धारका लागि सेना परिचालनसँगै व्यापक जनपरिचालन आवश्यक रहेको पनि प्रचण्डले बताए।

२०८३ भदौ १७ गते बुधवार १५:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु