"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

आइतबारको बिदा खारेज गर्न सांसद भाटको माग

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गर्न माग गर्नुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले आइतबारको बिदाले सार्वजनिक सेवा प्रवाह, विकास निर्माण र प्रशासनिक काममा असर परेको बताउनुभयो।

सांसद भाटले आइतबारको बिदा आवश्यक नभएको जिकिर गर्दै पुरानै व्यवस्था अर्थात् शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदा कायम गर्न सरकारसँग आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै।’

आइतबारको बिदाका कारण नागरिकले साताभर सेवा लिन कठिनाइ भोग्नुपरेको भन्दै उहाँले जनभावनाको कदर गर्दै तत्काल पुरानै कार्यतालिका कार्यान्वयन गर्न माग गर्नुभयो।

२०८३ भदौ ३० गते मंगलवार १५:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु