"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

नारायणीले बगाएको राइनो क्रुज पुलको पिलरमा अड्कियो

नवलपुर, असोज ११ गते। नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको राइनो क्रुज बगाएर पुलको पिलरमा अड्किएको छ। क्रुज अड्किएपछि पुलको सुरक्षामा जोखिम बढेको नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो।

क्रुजलाई तानेर निकाल्न सक्ने अवस्था नरहेकाले क्रेनको सहायताले फुटाएर हटाउने विषयमा छलफल भइरहेको छ। यसका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र रात परिसकेकाले तथा नदीको बहाव नघटेकाले उद्धारमा चुनौती थपिएको रानाले बताउनुभयो।

गत भदौ १० गतेको भोटेकोशी बाढीमा समेत नबगेको क्रुज अहिले नारायणीको बाढीले बगाएको हो। पुलको पिलरमा क्रुज अड्किएपछि पिलरमा क्षति पुग्न सक्ने जोखिम रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताउनुभयो।

गैँडाकोटमा गत माघदेखि सञ्चालनमा आएको क्रुज करिब ५० करोड रुपैयाँको लगानीमा बनेको हो। साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। यसको क्षमता दुई सय जनासम्म भए पनि १५० जनालाई सेवा दिने गरी सञ्चालन गरिएको थियो।

२०८३ असोज ११ गते आइतवार १९:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु