"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

पूर्वप्रधानन्यायाधीश राणाले मागे आफू र परिवारको लागि सुरक्षा

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले आफू र परिवारको शान्ति सुरक्षाका लागि आवश्यक व्यवस्था गरिदिन प्रहरीसमक्ष निवेदन दिएका छन्।

राणाका छोरा सचिन्द्र शमशेर जबरामार्फत आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिइएको हो।

निवेदनमा पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका शान्ति सुरक्षासम्बन्धी विषयका कारण आफू र परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भएको उल्लेख गरिएको छ।

राणाले विगतमा राज्यका विभिन्न अंगमा निर्वाह गरेको जिम्मेवारी तथा न्यायपालिकाको प्रमुखका रूपमा गरेका न्यायिक निर्णयका कारण आफूलाई थप असुरक्षा महसुस भएको जनाएका छन्।

आफूले पछिल्लो समय केही विषयबारे प्रहरी कार्यालयबाट जानकारी पाएपछि थप सुरक्षा आवश्यक देखिएको भन्दै राणाले निवास, परिवार तथा जिउज्यानको सुरक्षामा राज्यको ध्यान पुग्नुपर्ने माग गरेका छन्।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी सुशीलसिंह राठौरले राणाको निवेदन प्राप्त भएको पुष्टि गरेका छन्।

यसअघि शनिबार राति राणाका छोरा सचिन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी आइतबार दिउँसो छुटेका थिए। उक्त घटनालाई लिएर विभिन्न टिकाटिप्पणीसमेत भइरहेका छन्।

२०८३ असोज १२ गते सोमवार १३:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु