"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

चामलको भाउ घटाउने प्रतिबद्धता कागजमै, बजारमा अझै महँगै

प्रतिबद्धता गरेको दुई साता बित्दा पनि घटेन चामलको भाउ

काठमाडौँ, असोज १३ गते । चामल उद्योगीले मूल्य घटाउने प्रतिबद्धता गरेको करिब दुई साता बितिसक्दा पनि बजारमा त्यसको प्रभाव देखिएको छैन । उद्योगीले प्रतिबोरा १२५ देखि दुई सय रुपियाँसम्म मूल्य घटाउने सहमति जनाए पनि उपभोक्ताले अझै पुरानै महँगो मूल्यमा चामल किन्नुपरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भदौको अन्तिम साता भएको छलफलमा उद्योगीले मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए । तर बजार अनुगमनका क्रममा प्रतिबद्धताअनुसार मूल्य घटेको नपाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागका अनुसार उद्योगीले महँगो मूल्यमा खरिद गरिएको पुरानो मौज्दातका कारण तत्काल मूल्य घटाउन नसकिएको बताएका छन् । थोक व्यापारीले पनि ढुवानी सहज भएपछि चामलको मूल्य घट्ने बताएका छन् ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठका अनुसार आगामी केही दिनमा अधिकांश ब्रान्डका चामलको मूल्य प्रतिबोरा ७५ देखि १२५ रुपियाँसम्म घट्न सक्छ । नयाँ धान बजारमा आएपछि मूल्य थप घट्ने उद्योगीको भनाइ छ ।

चामलसँगै खानेतेल र दालको मूल्यमा समेत चाडपर्व लक्षित छुट तथा मूल्य घटाउने तयारी भइरहेको विभागले जनाएको छ ।

२०८३ असोज १३ गते मंगलवार १३:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु