रासायनिक मल कारखानाको उत्पादन खरिद सुनिश्चित गर्न कार्यदल गठन
काठमाडौं, असोज १५ गते । नेपालमा स्थापना हुने रासायनिक मल कारखानाबाट उत्पादित मलको खरिद सुनिश्चित गर्न आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्न कृषि, वन तथा पर्यावरण मन्त्रालयले कार्यदल गठन गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि, अर्थ, उद्योग तथा ऊर्जा मन्त्रालय र सार्वजनिक खरिद अनुगमन कार्यालयका विज्ञहरू सम्मिलित कार्यदल गठन गर्नुभएको हो।
कार्यदलले स्वदेशमै उत्पादित मलको बजार सुनिश्चितता, सरकारी खरिदको सम्भावना तथा विद्यमान कानुनी र नीतिगत व्यवस्थाको अध्ययन गर्नेछ।
कार्यदलले आवश्यक कानुनी, नीतिगत तथा संस्थागत व्यवस्थाबारे सुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेश गर्नेछ। प्रतिवेदनका आधारमा आवश्यक कानुनी संशोधन तथा नीतिगत व्यवस्था अघि बढाइने मन्त्रालयले जनाएको छ।
२०८३ असोज १५ गते बिहीवार १५:२३ बजे प्रकाशित























