सरकारले भिजिट भिसा छानबिन समिति प्रतिवेदन अगाडि बढाउने
काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणलाई अगाडि बढाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अध्यागमन र भिजिट भिसा समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन तथा छानबिन समिति– २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय भएकाे जानकारी दिए ।
त्यसैगरी सरकारले इलाम जिल्लालाई एक महिनाको अवधिका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत गरेको छ ।
२०८२ असोज २३ गते बिहीवार २१:१२ बजे प्रकाशित























