"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यकाबाहिर जान नपाउने गरी लगाइएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।

अधिवक्ता प्रेमराम सिलवालले मंगलबार सर्वोच्चमा रिट निवेदन पेश गर्दै ओलीमाथि तोकिएको स्थानहद निर्णय संविधान तथा कानुन विपरीत रहेको दाबी गरेका हुन्।

सर्वोच्च अदालतका एक कर्मचारीले रिट निवेदन पेश भइसकेको र हाल अध्ययन भइरहेको जानकारी दिए। ‘रिट निवेदन दर्ता प्रक्रिया अघि बढाउन अध्ययन भइरहेको छ,’ ती कर्मचारीले बताए। ‘अध्ययनपछि दर्ता गर्ने वा नगर्ने निर्णय हुनेछ।’

सामान्यतया कुनै व्यक्तिलाई थुनामा राख्ने वा स्थानहद तोक्ने सरकारी निर्णयविरुद्ध सो व्यक्ति स्वयंले कानुनी उपचार खोज्ने चलन छ।

जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाही सिफारिस गर्न बनेको जाँचबुझ आयोगको सिफारिसमा सरकारले ओलीलाई काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको हो। त्यससँगै उनको पासपोर्ट पनि रोक्का गरिएको छ।

२०८२ कात्तिक ११ गते मंगलवार १७:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु