"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

राष्ट्रपतिलाई २३ जेनजी समूहको ज्ञापनपत्र: संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही गर्न माग

काठमाडौं । विभिन्न २३ जेनजी समूहहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै सरकारको कामकाजमा असन्तोष व्यक्त गरेका छन्।

ज्ञापनपत्रमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीको लागि संविधान संशोधन, ठूला भ्रष्टाचार प्रकरणमा संलग्न व्यक्तिहरूको कारबाही गर्ने लगाए छ।

सरकार केवल चुनावमा केन्द्रित भएको र दिशाहीन भएको गुनासो उनीहरुको छ ।

समूहहरूले प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै विद्रोहका मागहरू सम्बोधन गर्न आग्रह गरेका छन्।

ज्ञापनपत्रमा उल्लेख छ, “‘यो विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि थिएन।’ विद्रोहमा संलग्न २३ एलाइन्स, घाइते र सहिद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्छ।”

ज्ञापनपत्र बुझाउने समूहमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसिएसन, जेनजी वाई युनाइटेड लगायत छन्।

unnamed

२०८२ मंसिर ४ गते बिहीवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु