कांग्रेस–एमाले बराबरी सिट बाँडेर निर्वाचनमा जान सक्छन् : थापा बादल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले आगामी निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्ने बताएका छन्। मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा परेकाले दुवै दलले ढिलाइ नगरी मोर्चाबन्दी गर्नुपर्ने धारणा राखे।
थापाले लोकतन्त्र पुनर्स्थापनाका लागि कांग्रेस–एमालेको संयुक्त पहल अपरिहार्य रहेको उल्लेख गर्दै संसद पुन:स्थापना वा निर्वाचनमार्फत प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सकिने बताए। उनले भदौ २३ र २४ पछि देश गम्भीर संकटमा फसेको दाबी गर्दै त्यसको निकास कांग्रेस र एमालेको सहकार्यबाट मात्र सम्भव हुने जिकिर गरे।
२०८२ पुस १५ गते मंगलवार १७:२० बजे प्रकाशित






















