राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने
काठमाडौँ। सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त गरिने जनाएको छ ।
सोमबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएको हो ।
राष्ट्रपति पौडेलले निजामती र संस्थानका कर्मचारीलाई तटस्थ, उत्तरदायी र निष्पक्ष बनाइने उल्लेख गरे। उनले ट्रेड युनियन खारेजी, कुलिङ अवधीको व्यवस्था, निजामती सेवा बोर्ड स्थापना गरिने पनि बताए।
२०८३ वैशाख २८ गते सोमवार १७:४७ बजे प्रकाशित






















