"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भयो : आङदेम्बे

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गरेको छन् ।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता आङदेम्बेले नयाँ सरकारका हालसम्मका गतिविधि संसदीय गरिमा र लोकतान्त्रिक मूल्यमान्यतामा चोट पुर्‍याउने खालका भएको आरोप लगाए। संसद्को मुख्य अधिकार र दायित्व मानिने कानुन निर्माणको कार्यलाई पाखा लगाएर सरकारले करिब डेढ सय कानुन संशोधन र केही नयाँ कानुन अध्यादेशमार्फत ल्याएकोमा उहाँले कडा आपत्ति जनाए।

‘यो अधिवेशन असामान्य परम्परासहित सुरु भएको हाम्रो ठम्याइ छ,’ नेता आङदेम्बेले भने, ‘आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरी संसद्को अधिकार खोसेर अध्यादेशको बाटो रोज्नुले संसदीय प्रणालीप्रति सरकारको निष्ठामाथि जनमानसमा शङ्का उब्जाएको छ ।’उनले सरकारको ४५ दिने शासन अनुभवले लोकतान्त्रिक अभ्यासलाई बलियो नबनाएको जिकिर गरे।

नेता आङदेम्बेले चालू वर्षे अधिवेशनको प्रारम्भ पनि असामान्य परम्पराबाट सुरु गरिएको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे।

२०८३ वैशाख २९ गते मंगलवार १७:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु