जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित परिवारलाई २५ हजार रुपैयाँ दिने सरकारको निर्णय
काठमाडौं । सरकारले प्रत्यायोजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले सैनिक सेवा छैटौँ संशोधन नियमावली २०८३ पनि स्वीकृत गरेको छ। त्यस्तै, नेपाल राष्ट्र बैंक ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णयसमेत भएको छ।
यसैगरी, नेपाल सरकार कार्यसम्पादन नियमावली २०८३ अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको दरबन्दी मिलान तथा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता पोखरेलले बताए।
बैठकले यसअघि सार्वजनिक भएका निर्णयहरूसँगै स्वीजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने तथा काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमबासी परिवारलाई पुनर्स्थापना खर्च उपलब्ध गराउने निर्णयलाई पनि औपचारिक रूपमा अनुमोदन गरेको छ।
२०८३ जेठ ५ गते मंगलवार १८:०० बजे प्रकाशित






















