"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताएको छन् ।

बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले उक्त कुरा बताएको हो।

आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारी सो अनुरुपको तयारी र प्रतिबद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत आदेश गरे।

जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवालाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिए।

‘सरकारी काम कारवाहीले गर्दा सेवाग्राहीलाई अनावश्यक झनझट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु’, मन्त्री अर्यालले भने।

मन्त्री अर्यालले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक स्रोत साधनका लागि आवश्यक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमा मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिए।

समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र सङ्घीय मामिला मन्त्रालयले दिनुभएका सुझावलाई मन्त्रालय मनन गरेर कार्यान्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राखे।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरेर काम गर् समेत निर्देश गरे।

सीमापार अपराध न्यूनीकरण, लागु औषधको दुरुपयोग र ओसारपसारविरुद्धको कारवाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनरवलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई आदेश दिए।

सबै निकायहरुको पूर्वानिर्धारित आन्तरिक वार्षिक कार्ययोजना र माइलस्टोन कार्यान्वयनलाई तीव्रता दिन र गरिएका कार्यको नियमित आन्तरिक समीक्षा गर्न उनले निर्देशन गरे।

कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले मन्त्रालय यस अन्तर्गतका सबै निकायले सुशासन र पारदर्शितालाई मूल केन्द्रबिन्दु बनाई आफ्नो कार्य जिम्मवारी निर्वाह गर्न आदेश गर्नुभयो।  सचिव दंगालले सरकारको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।

२०८२ मंसिर ४ गते बिहीवार १७:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु