"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

प्रधानमन्त्री अनुपस्थित हुनु अस्वाभाविक हैन, परम्परागत अभ्यासको निरन्तरतामा क्रमभंगता: रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्यले प्रतिनिधिसभामा प्रधानमन्त्री अनुपस्थित भएको विषयको बचाउ गरेका छन् ।

सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने भन्दै विपक्षी दलहरूले आपत्ति जनाइरहेका बेला आचार्यले यसलाई परम्पराको क्रमभंगता मात्र भएको बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, “कसैलाई सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ सम्माननीय प्रधानमन्त्रीबाटै आउनुपर्छ भन्ने लाग्न सक्छ भने कसैलाई नआउनु परम्पराको क्रमभंगता हो भन्ने लाग्न सक्छ ।”

यसक्रममा विपक्षी दलहरूले प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्ने माग दोहोर्‍याएका छन् । तर, आचार्यले प्रधानमन्त्रीको अनुपस्थितिलाई अस्वाभाविक नभई परम्परागत अभ्यासको निरन्तरतामा आएको सामान्य क्रमभंगता भएको बताएका छन् ।

२०८३ वैशाख ३१ गते बिहीवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु