"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल कांग्रेसनै हो : गगन थापा

काभ्रे ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति र सबैभन्दा जिम्मेवार दल भएको बताएका छन्।

सोमबारदेखि काभ्रेमा सुरु भएको ‘प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला’लाई सम्बोधन गर्दै उनले कांग्रेसले जिम्मेवार ढंगले सोच्नुपर्ने बताएका हुन्।

उनले कांग्रेससँग प्रतिक्रियात्मक राजनीति गरेर पन्छिने सुविधा नभएको उल्लेख गरे। “अरू कसैले सम्हालिहाल्छ भनेर ढुक्क भएर बस्ने अवस्था पनि कांग्रेससँग छैन,” गगन थापाले भने।

गगन थापाले देश संविधानको मार्गबाट दायाँ–बायाँ जान नहुनेमा जोड दिँदै त्यसलाई सही दिशामा राख्ने जिम्मेवारी कांग्रेसकै भएको बताए।

उनका अनुसार सरकार कहिलेकाहीँ संख्याको बलमा संविधानको ‘ट्र्याक’बाट विचलित हुन सक्ने भएकाले कांग्रेसले त्यसलाई नियन्त्रण गर्दै सही मार्गमा राख्नुपर्छ।

२०८३ जेठ ४ गते सोमवार १७:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु