"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ।

विभागले उनलाई २० दिन थुनामा राखेर थप अनुसन्धान गर्न अनुमति दिनुपर्ने माग गर्दै मंगलबार अदालतसमक्ष पेश गरेको हो।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार भएको आशंकामा उनलाई विभागको सिफारिसका आधारमा सुर्खेतबाट पक्राउ गरिएको बताइएको छ।

पौडेललाई सोमबार सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–३ को शुभ होटलबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई सडक मार्ग हुँदै आज बिहान राजधानी ल्याइएको हो।

२०८३ असार ९ गते मंगलवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु