"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ओली, प्रचण्ड र माधव नेपाल एउटै मञ्चमा देखिने

काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी हुने भएका छन्।

आयोजकका अनुसार कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्या देवी भण्डारी रहनेछ। कार्यक्रम असार १४ गते दिउँसो १:३० बजे राष्ट्रिय सभागृहमा आयोजना हुनेछ।

कार्यक्रममा झलनाथ खनाल र उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिनिधिसभा निर्वाचनपछि कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको चर्चा चलिरहेका बेला शीर्ष नेताहरू एउटै मञ्चमा देखिन लागेका हुन्।

२०८३ असार १२ गते शुक्रवार १८:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु