"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

ओली र प्रचण्ड एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौँ कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकै मञ्चबाट सम्बोधन गर्ने भएको छन् ।

फाउन्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभामा आयोजना हुने ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि ओली र प्रचण्ड एकै मञ्चबाट सम्बोधन गर्ने भएको छ ।

फाउन्डेसनका कार्यवहाक सचिव डा। भेषराज अधिकारीका अधिकारीका अनुसार उक्त कार्यक्रममा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने छन् ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले उक्त कार्यक्रममा अध्यक्ष ओली जानुहुने जानकारी दिए। यसैगरी, संयोजक प्रचण्डका सहयोगी गोविन्द आचार्यका अनुसार कार्यक्रममा उनी जाने समय तय भएको छ ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता रहने उक्त कार्यक्रममा ‘श्वेतशार्दूल ९मदन भण्डारीको जीवन०’ का लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मनपत्र प्रदान गर्ने कार्यक्रम पनि रहेको छ ।

२०८३ असार १३ गते शनिवार १८:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु