कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले गणेश नेपालीको निधनप्रति दु:ख व्यक्त गर्दै सरकारले अन्तिम समयसम्म उपचार र उद्धारका लागि हरसम्भव प्रयास गरेको बताएका हुन्।
‘कसैको पीडामाथि राजनीति नगर्नुस्। देश बनाउन सबै सक्रिय बन्नुपर्छ। आफ्नो दायित्वबाट सरकार एक इन्च पनि पछि हट्दैन। सरकारले अथक प्रयास गर्दागर्दै पनि गणेश नेपाली आज हामीमाझ हुनुहुन्न,’ गृहमन्त्री गुरुङले भने, ‘तपाईंहरूले प्रश्न उठाउनुभयो, तर हामीले उहाँको अन्तिम समयसम्म हरसम्भव प्रयास गरेका थियौँ।’
उनले सरकारले आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्दै नागरिकको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
२०८३ असार २६ गते शुक्रवार १७:३७ बजे प्रकाशित






















