"उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता" - The Sustainable Consumer.
Nepal Oil Corporation

टेकुमा प्रहरीको गोली प्रहारपछि तीन लागुऔषध कारोबारी पक्राउ, एक भारतीय नागरिक घाइते

काठमाडौं । प्रहरीको लागुऔषध कानुन कार्यान्वयन ब्युरोले काठमाडौंको टेकुमा गोली प्रहार गरी तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।

ब्युरो प्रमुख एसएसपी सुवासचन्द्र बोहराका अनुसार प्रहरीको कारबाहीका क्रममा एक भारतीय नागरिक घाइते भएका छन् भने दुई जना नेपाली नागरिक पक्राउ परेका छन्। घाइते भारतीय नागरिकको हाल वीर अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए।

प्रहरीका अनुसार विभिन्न स्थानबाट निगरानी गर्दै पिछा गर्ने क्रममा उनीहरू टेकुस्थित काठमाडौं महानगरपालिकाको फोहोरमैला भण्डारणस्थल क्षेत्रमा फेला परेका थिए।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा अवस्था तनावपूर्ण बनेपछि गोली चलाउनुपरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूको संलग्नता तथा बरामद सामग्रीबारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

२०८३ साउन ३ गते आइतवार १७:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु